जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य रु एक हजार दुई सयले घट्यो

सुनको मूल्य रु एक हजार दुई सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार दुई सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन लाख छ हजार सात सय कायम भएको छ । हिजो एक तोला सुन रु तीन लाख सात हजार नौ सयमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा रु ३५ ले घटेको छ । आज एक तोला चाँदी रु चार हजार सात सय ४५ मा कारोबार भइरहेको छ भने हिजो रु चार हजार सात सय ८० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार चार सय अमेरिकी डलर तथा चाँदी प्रतिऔंस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका