सुनको मूल्य तोलामा दुई हजारले घट्यो

सुनको मूल्य तोलामा दुई हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार ९पुस ४० सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५८ हजार ४०० रुपैयाँ कायम छ । छापावाल सुन बिहीबार ९पुस ३० प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार पाँच रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार