काठमाडौं । सानै उमेरदेखि फुटबल खेलको विकासका लागि काठमाडौं किकर्स एकेडेमी आयोजना गरेको युथ लिग सम्पन्न भएको छ । काठमाडौं किकर्स युथ लिगमा विभिन्न उमेर समूहमा खेलाडीहरूले सहभागीता जनाएका थिए ।
युथ लिगमा यु–७ तर्फ रेड टीम, यु–१० तर्फ व्ल्याक टीम र यु–१३ रेड टीम बिजयी भएको थियो । युथ लिगमा यु–७ को ४ टिममा २४ खेलाडी, यु–१० को ९ वटा टिममा ९९ खेलाडी, यु–१३ को ७ टिममा ८४ खेलाडी सहभागी थिए । खेलमा बिजयी टीमलाई ट्रफी, मेडल प्रदान गरिएको थियो भने काठमाडौं किकर्समा आवद्ध राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको थियो ।
युवा खेलाडीहरुलाई उच्चस्तरको प्रशिक्षणसहित नेपाली फुटबलको विकासमा योगदान पुराउने उद्देश्यसहित काठमाडौं किकर्स क्रियाशिल रहेको अध्यक्ष नविन पाण्डेले जानकारी दिनुभयो ।
सानै उमेरका खेलाडीहरूलाई उच्चस्तरको प्रशिक्षणसहित नेपाली फुटबल क्षेत्रको विकासमा योगदान पुराउने उद्देश्यसहित काठमाडौं किकर्सले खेलाडीहरूको प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?