वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान

वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवको मूर्तिअघि इन्द्रजात्राको लिङ्गो उठाइएको अर्थात् इन्द्रध्वजोत्थान गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार आज बिहान १०ः३१ बजे कालभैरवको मूर्तिअघि इन्द्रध्वजोत्थान गरिएको गुठी संस्थान काठमाडौँ शाखा कार्यालयका प्रमुख लक्षुणा शर्माले जानकारी दिनुभयो । यसअघि भदौ १५ गते इन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइएको थियो । 

भाद्र शुक्ल अष्टमीका दिन भोटाहिटीबाट इन्द्रजात्राको लिङ्गो वसन्तपुर दरबार क्षेत्रस्थित कालभैरवको मूर्तिअघि लगी राख्नुलाई नगर प्रवेश गराउनु भनिन्छ । भाद्र शुक्ल द्वितीयाको राति भक्तपुरस्थित चित्तपोल सामुदायिक वनमा काटिएको सल्लाको रुख त्यसको भोलिपल्ट घिसार्दै भोटाहिटीमा ल्याई राखिएको थियो ।   

त्यही लिङ्गोलाई आज बाँस, डोरीलगायतको सहायताले उठाइएको अर्थात् ईन्द्रध्वजोत्थान गरिएको हो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार