काभ्रेपलाञ्चोकको जनागाल–भैँसेपाटीमा कालोपत्र सुरु

काभ्रेपलाञ्चोकको जनागाल–भैँसेपाटीमा कालोपत्र सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक खण्डअन्तर्गतको काभ्रेपलाञ्चोकको जनागाल–भैँसेपाटीमा कालोपत्र सुरु गरिएको छ ।

वर्षाका कारण रोकिएको उक्त सडकखण्डमा बनेपा नगरपालिका–१० स्थित जनागाल क्षेत्रमा कालोपत्र सुरु गरिएको हो ।


भदौमा ‘सिसटीबी’को काम सकेर कालोपत्र सुरु गरिएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । यसअघि असार र साउनमा मनसुनका कारण विस्तार रोकिएको थियो । जनागालबाट भैँसेपाटीतर्फ कालोपत्र सुरु गरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताउनुभयो । उहाँका अनुसार साँगातर्फ ‘सिटिबी’को काम भएपछि लगातार कालापत्रलाई निरन्तरता दिइनेछ । 

बनेपाको पुलबजार क्षेत्रमा भने करिब छ महिनादेखि स्थानीयको अवरोधका कारण काम ठप्प छ । उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि विस्तार रोकिएको हो । बाटोको बीचबाट दुवैतर्फ ७५ फिटका दरले (१५० फिट)मध्ये पनि १४० फिटमा काम भइरहेकामा स्थानीयले दुवैतर्फका घरमा बराबर छुट्याउनुपर्ने विषयमा विवाद निकालेर निर्माण अवरुद्ध पारेको जनाइएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार