गाजा । गाजाको पानी वितरण केन्द्रमा भएको इजरायली हवाई आक्रमणमा केही बच्चासहित ४० जनाभन्दा बढी प्यालेस्टिनीको ज्यान गएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ । उक्त निकायका अनुसार इजरायल र हमासबीचको युद्ध विरामको लागि वार्ता हाललाई रोकिएको छ ।
इजरायल र प्यालेस्टिनी लडाकु समूहका प्रतिनिधिमण्डलहरूले गाजा पट्टीमा २१ महिनादेखि चलेको युद्ध रोकी युद्ध विराममा सहमतिका लागि एक हप्तादेखि वार्ता जारी राखेका थिए ।
नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बासलले पानी वितरण केन्द्रमा भएको ड्रोन आक्रमणमा १० जना पीडितमध्ये आठ जना बालबालिका रहेको उल्लेख गर्नुभएको छ ।
इजरायली सेनाले मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा एक आतङ्ककारीलाई लक्षित गरी आक्रमण गर्दा ‘प्राविधिक त्रुटि’ भएको जनाउँदै ‘हतियार लक्ष्यबाट दर्जनौँ मिटर टाढा खसेको’ बताएको छ ।
वासिङ्टन इजरायलको शीर्ष सहयोगी हो भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि दबाब दिइरहेको र आफू सम्झौताको लागि आशावादी रहेको बताउनुभएको छ ।
इजरायली नागरिक सुरक्षा निकायका प्रवक्ता बासलले भने युद्ध अन्त्यको तत्काल कुनै सङ्केत नभएको र आइतबार प्यालेस्टिनी क्षेत्रभरि भएको आक्रमणमा गाजा सहरमा ११ जनासहित कम्तीमा ४३ जनाको मृत्यु भएको बताउनुभएको छ ।
हाल गाजाभरीसैन्य कारबाही तीव्र पारेको इजरायली सेनाले विगत २४ घण्टामा वायुसेनाले ‘१५० भन्दा बढी आतङ्ककारी लक्ष्यहरूमा आक्रमण गरेको’ बताएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयले अधिकांश नागरिकसहित कम्तीमा ५८ हजार २६ जना प्यालेस्टिनीहरू इजरायलको जवाबी अभियानमा मारिएको जनाएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?