समाजवादी गणतन्त्रको स्थापना नै विद्यमान समस्याको सही समाधान हो–प्रकाण्ड

समाजवादी गणतन्त्रको स्थापना नै विद्यमान समस्याको सही समाधान हो–प्रकाण्ड

 

प्रकाण्ड सी, प्रवक्ता–नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिस्ट पार्टी निवार्चन आयोगमा दर्ता हुन लागेको प्रचारमा आएको छ । यथार्तता के हो ?

 

राष्ट्रिय राजनीतिमा यो विषय नितान्त नयाँ त होईन तर महत्वपूर्ण विाषय भने पक्कै हो । हाम्रो पार्टीको नवौ केन्द्रीय समितिको पाँचौ पूणै बैठकले नेपाली राजनीति र नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा प्रतिक्रियावादी राज्यव्यवस्था वा नेपालको सन्दर्भमा दलाल पूँजीवादी राज्यब्यवस्थाले आफ्नो हरेक पाँच–पाँच वर्षमा अगाडि सार्ने संसदीय चुनावबारे नयाँ दृष्टिकोण र विचार अगाडि सा¥यो । २१ औ शताव्दीको श्रमीक वर्गीय क्रान्तिमा पूँजीपति वर्गले जनक्रान्तिको विरुद्ध खोल्ने सबै प्रकारका मोर्चाको सामना एवम् प्रतिवाद गर्ने दृष्टिकोण विकाश नगर्ने हो र बिचारको विकास नगर्ने हो भने क्रान्ति र विजय मृग मरिचिका हुने डरलाग्दो खतरा छ । यसर्थ पार्टीले २०८४ सालमा आयोजना गरिने चुनावको पार्टीको तर्फबाट सामना गर्ने निर्णय लियो । यो निर्णय आफैँमा नयाँ विचार, डरलाग्दो जोखिम र जुनसुकै रुप रङ्गका आधुनिक सशोधनवादी दलालहरुले जिब्रो काढ्ने नीति हो । साम्राज्यवादी दलाल पूँजीवादी र दलाल सशोधनवादीहरुले आफ्नो राजनीतिक स्वार्थ मुताविक भ्रामक र षड्यन्त्रमुलक भाष्य खडा गर्ने मूखर्ता गरिराखेको छ । भ्रम र षड्यन्त्रबाट पुरै सचेत रहन कम्युनिस्ट क्रान्तिकारीहरु, इमान्दार बामपंथीहरु, सच्चा गणतन्त्रवादीहरु, देशभक्तहरु र आम नेपाली जनतामा विशेष अपील गर्दछु । माथि उल्लेखित दृष्टिकोण र नीतिको आवश्यकतामा चुनावी मोर्चाको प्रयोजनको तयारी अन्तर्गत पार्टीले दर्ता प्रकृया शुरुवात गरेको यथार्थ हो ।

देशको राजनीति दिनप्रतिदिन धमिलिंदै गएको छ, यहि समयमा देश र जनताको एजेन्डा उठाउन छोडेर किन पार्टी दर्ता प्रक्रियामा जान थाल्नु भएको हो ?

देशको अवस्था धमिलिदै गएको मात्रै होईन, चौतर्फी सङ्कटग्रस्त बन्दै गएको छ । ईतिहासलाई मात गर्ने गरी समस्या चुलिएको छ । सङ्कटको कारक तत्व संघीय लोकतान्त्रिक गणतन्त्रको जामा पहि¥याइएको दलाल संसदीय व्यवस्था, दलाल राज्य संचालक र यसले पैदा गरेको राष्ट्रघात, जनघात, भ्रष्टाचार, डरलाग्दो निराशा, पलायनता, सामाजिक विकृती र अराजकता हुन । देशको अस्तित्वनै खतरामा पार्ने कहालीलाग्दो अवस्थाबाट देश र नेपाली जनतालाई मुक्त पार्नु अहिलेको राष्ट्रिय आवश्यकता र जनचाहना हो । यसैको परिपूर्तिका निम्ति दलाल संसदीय व्यवस्था र दलाल राज्य संचालकहरुको अन्त्य प्राथमिक सर्त हो । यसका निम्ति नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृत्व एवम् कार्यकर्ताहरु अनवर्त संघर्ष गरिरहेका छन् । अहिले साम्राज्यवादी रणनीति र प्रतिगामी सामन्ती तत्वहरुले मच्चाएको अराजकता र आतङ्कका विरुद्ध अग्रभागमा रहेर प्रतिवाद गर्ने पार्टी पनि नेपाल कम्युनिस्ट पार्टी नै हो । जहाँसम्म पार्टी दर्ताको सवाल छ यो पनि संघर्षकै मोर्चाको तयारीसँग अन्तर सम्विन्धित भएकोले पार्टी दर्ताको काममा पनि लागेका हौ ।

 कतै पार्टी दर्तासंगै तपाईंहरु पनि संसदीय राजनीतिमा होमिन खोज्नु भएको त होइन ?

पार्टी दर्ता र संसदीय राजनीति एउटै भएको भाष्य खडा गर्न खोजिए पनि यी नितान्त फरक विषय हुन । नेपाल कम्युनिस्ट पार्टी र नेपाली श्रमीक जनताको राजनीति भनेको दलाल संसदवादी नभएर नेपाली विशेषताको समाजवादी हो । संसदीय राजनीति भनेको दलाल पूँजीपतिहरुको राजनीति हो । जसले लाखौं लाख नेपाली जनताको शोषण गर्दछ । राष्ट्रका विरुद्ध घात गर्छ । लुट र शोषणका खातिर भ्रष्टाचार, कमिसन, कालोबजारी, तस्करी, बेलगाम मुल्यवृद्धि, मानव तस्करी गर्दछ । सत्ता र कुर्सीका निम्ति साम्राज्यवादी शक्तिसँग देश एवम् जनताका विरुद्ध सौदावाजी गर्न पुग्दछ । परिणामतः संसदीय राजनीति, संसदीय व्यवस्था र संसदीय नेताहरु देश र नेपाली जनताको जीवन वर्बाद पार्ने आपराधिक तत्वको रुपमा प्रमाणित भएका छन् । दलाल संसदीय व्यवस्थालाई यथाशक्य विस्थापन र दलाल एवम् भ्रष्ट शासकहरुलाई राष्ट्रिय अपराधी करार गरी यथाशीघ्र कारवाही गर्नु नेपाली जनताको तात्कालिक माग र राष्ट्रिय आवश्यकता बनेको हो । उपरोक्त विश्लेषित अवस्थामा देश र नेपाली जनतालाई सङ्कटको भुमरीबाट पार लगाउन नेपाली विशेषताको समाजवादी गणतन्त्रको स्थापना र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वको राजनीतिक मार्गचित्र अगाडि सारेको नेपाल कम्युनिस्ट पार्टीलाई संसदवादी हुन आएको भनि भ्रम फैलाउनु षड्यन्त्रकारी हर्कतको पनि पराकास्ट हो । यसमा न्यूनतम सत्यता छैन । महान नेपाली जनतालाई यस सवालमा निश्चिन्त रहन विशेष अपिल गर्दछु ।

तपाईंहरुले वर्तमान राजनीतिक संकटबाट देश र जनतालाई मुक्त पार्न गठन गरेको समाजवादी मोर्चा पनि खासै उपलब्धिमुलक भएन भन्ने बहस चलिरहेको छ । के भन्नु हुन्छ ?

पहिलो कुरा समाजवादी मोर्चा नेपाली क्रान्तिकारी राजनीतिक आन्दोनलको वर्तमान स्थितिको उपज हो । यो साम्राज्यवाद र दलाल पूँजीवाद विरोधी राजनीतिक मोर्चा हो । साम्राज्यवादी हस्तक्षेपबाट खतरामा परेका राष्ट्रको स्वाधीनता र दलाल पूँजीवादको जनघातबाट आजित बन्ने पुगेका नेपाली श्रमीक जनताको राजनीतिक स्वाधिनताको निम्ति संघर्ष गर्ने मोर्चा हो । राष्ट्रिय मुक्ति र नेपाली विशेषताको समाजवाद स्थापना गर्नु यसको मुख्य ध्येय हो । यसका निम्ति समाजवादी मोर्चा लागिपरेको छ । हामीले समाजवादी मोर्चालाई पार्टीको रुपमा बुझ्ने र कम्युनिस्ट पार्टीलाई मोर्चाको रुपमा बुझ्ने गल्ती गर्नु हुँदैन । मोर्चालाई देश र जनताभन्दा आफ्नो र आफ््नो पार्टीको स्वार्थसिद्धिको साध्य बनाउने सोचबाट पनि मुक्त हुनु पर्दछ । सत्य कुरा के हो भने समाजवादी मोर्चा बनेर कार्यक्रम अगाडि सारे पछि नै देशका विद्यमान यावत समस्याको समाधान नेपाली विशेषताको समाजवादी ब्यवस्था स्थापना हो भन्ने एजेण्डा राष्ट्रिय राजनीतिमा स्थापित भएको छ । देशको समस्या समाधान र नेपाली जनक्रान्तिका निम्ति यो निकै महत्वपूर्ण कुरा हो । राष्ट्रिय स्वाधीनता र जनअधिकारका निम्ति समाजवादी मोर्चा निरन्तर लागि परेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार