ट्रम्पको रिस टार्न खोज्दै मोदी

ट्रम्पको रिस टार्न खोज्दै मोदी

वासिङ्टन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता पुनर्जीवित गर्न र भन्सार तथा आप्रवासनमा अमेरिकी राष्ट्रपतिको रिसबाट बच्न प्रयास गर्नुहुनेछ ।

ह्वाइट हाउसका अनुसार मोदीले ट्रम्पसँग संयुक्त पत्रकार सम्मेलन पनि गर्नुहुनेछ । सामाजिक सञ्जालको प्रभावशाली प्रयोगकर्ता तर पत्रकारहरूबाट बिरलै प्रश्न लिने भारतीय नेताको यो दुर्लभ कदम हो ।

रिपब्लिकन सत्तामा फर्किएपछि ओभल अफिसको ढोकामा पुग्ने विदेशी नेताहरूको शृङ्खलामा पछिल्लो नेता मोदीले आफ्नो पहिलो कार्यकालमा ट्रम्पसँग राम्रो सम्बन्ध साझा गर्नुभएको थियो ।

प्रधानमन्त्रीले आफ्नो भ्रमणअघि नयाँदिल्लीले उच्च–स्तरीय मोटरसाइकलहरूमा शुल्क कटौती गर्दै द्रुत भन्सार छुट प्रस्ताव गर्नुभएको छ । यो प्रतिष्ठित अमेरिकी निर्माता हार्ले–डेभिडसनका लागि फाइदाजनक छ । हार्ले–डेभिडसनको भारतमा सङ्घर्षले ट्रम्पलाई क्रोधित बनाएको छ ।

भारतले गत हप्ता ट्रम्पको आप्रवासन सुधारको एक हिस्साका रूपमा एक सयजना बन्दी बनाइएका आप्रवासीहरू बोकेको अमेरिकी सैन्य उडानलाई पनि स्वीकार गरेको छ र नयाँदिल्लीले अवैध आप्रवासनमाथि आफ्नै ‘कडा कारबाही’ गर्ने वचन दिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार