गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

रामल्ला । गाजामा रहेको भग्नावशेष हटाउन पाँच वर्षसम्म लाग्ने प्यालेष्टिनी अधिकारीले बताएका छन् । 


पर्याप्त रकम र उपकरण उपलब्ध भएमा इजरायलसँगको द्वन्द्वका क्रममा गाजामा रहेको भग्नावशेष हटाउन तीनदेखि पाँच वर्ष लाग्न सक्ने प्यालेस्टिनी सार्वजनिक संरचना निर्माण तथा आवास मन्त्री अहेद बिसिसोले बताउनुभएको हो ।

विस्फोटक पदार्थ पत्ता लगाउनका लागि स्रोत, कोष र विशेष उपकरणहरू सुरक्षित गर्न, र भग्नावशेष उठाउन, सामान छुट्टाउन र ढुवानी गर्न तीनदेखि पाँच बर्ष लाग्नसक्ने अनुमान गरिएको बिसिसोले प्यालेस्टिनी समाचार संस्था (वाफा) सँग बताउनुभएको हो । 

उहाँले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) लगायत विभिन्न संस्थासँग सडक खुलाउने र भग्नावशेष हटाउने प्रक्रियामा समन्वयका लागि आफ्नो मन्त्रालयले काम गरिरहेको बताउनुभयो । 

अर्को चरणमा विद्यालय, अस्पताल र मस्जिदसहित १५० वटा सार्वजनिक भवनको भग्नावशेष हटाउने र सडक पुनः सञ्चालन गर्ने विषयमा केन्द्रित हुने बिसिसोले बताउनुभयो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार