सम्पती कमाउने कुनै लोभ लालच छैन–केपी ओली

सम्पती कमाउने कुनै लोभ लालच छैन–केपी ओली

अञ्जनी कुमार अधिकारी, सुनसरी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ध्यान समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा केन्द्रीत रहेको बताउनुभएको छ । 
शनिवार सुनसरीको चतराधाम कुम्भ मेलामा पुग्नुभएका ओलीले देश, जनता र मावनकल्याणका लागि समर्पित हुँदै समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा आफ्नो ध्यान केन्द्रीत रहेको बताउनुभएको हो । 

उहाले आफुसंग सम्पती नरहेको र भएको सम्पती समेत दान गरिसकेको अवस्थामा सम्पती कमाउने कुनै लोभ लालच नभएको जिकिर गर्नुभयो । 
आफु एकप्रकारको सन्त नै भएको उहाको भनाइ छ ।  ओलीले कोशी क्षेत्र सप्तऋषिहरुले तपस्या गरेको परित्र भूमि भएकाले धार्मिक इतिहाससँग जोडिएको स्थानको बिकासका लागि आफुले सदैव सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 

उहाले पवित्र देवभूमिको संरक्षण गर्नुपर्ने र आगामी पुस्ताहरुलाई पनि यसबारे अवगत गराउनुपर्ने बताउनुभयो । यसबर्ष चतराधाम कुम्भ मेलामा १२ लाख भक्तजनले स्नान गरेको आयोजक समितिले जनाएको छ । चैत २७ गते सुरु भएको पूर्ण महाकुम्भ मेला वैशाख २८ गतेसम्म चल्नेछ । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार