फौजी किरा मार्न बारुला र ढुसी

फौजी किरा मार्न बारुला र ढुसी

ईश्वर जोशी, चितवन  । चितवनको कृषि तथा बन बिज्ञान बिश्व बिद्यालयका कृषि बिज्ञहरुले मकै बालीमा लाग्ने फौजी किरा मार्न बारुला र ढुसी पत्ता लगाएका छन् । मकै बालीमा समश्याको रुपामा देखिएको फैजी किरा मार्न रसायनिक विषादी हैन अब किरा नै प्रयोग गरेर मार्न सकिने भएको छ । चितवन रामपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रध्यापक तथा विद्यार्थीले किसानलाई समश्याको रुपमा रहेको किरा मार्ने उपयोगी किरा प्रयोगशालामा धेरै उत्पादन गर्ने प्रविधि पत्ता लगाएका हो। उक्त किराहरु रामपुर बिश्व बिद्यालयका सहप्राध्यक सुन्दर तिवारी र बिद्यार्थीहरुको २ बर्षको अथक प्रयास पछि उक्त बारुलो किरा निकाल्न सफल भएको हो ।  हामीले प्रयोगशालामा धेरै मात्रामा बारुलो र ढुँसी उत्पादन गर्न सकिने प्रविधि निर्माण गरेका छौं । त्यसलाई किसानसम्म पुर्‍याए मकैबालीमा ठूलो समस्या बनेको फौजी किरा नियन्त्रण गर्न सकिने उहाले बताउनु भयो । 

 उक्त टोलीले फौजी किराको अण्डा नष्ट गर्ने बारुलो र लार्भा नष्ट गर्ने ढुँसीलाई किसानसम्म पुर्‍याउने विधि निर्माण गरेको छ । सहप्रध्यापक तिवारीले ‘फौजी किराले जहाँ अण्डा पारेको छ त्यसैमा गएर बारुलोले अण्डा पार्ने गर्छ र बारुलोको अण्डाले फौजी किराको पोषकतत्व लिन्छ र उसको चक्र पूरा भएपछि बारुलोको लार्भा निस्कने र फौजी किराको अण्डा नष्ट भएर बारुलोको जन्म हुन्छ । त्यसैले बारुलो फौजी किरा नियन्त्रणमा प्रभावकारी देखिएको तिवारीले बताउनु भयो  । सोही बिश्व बिद्यालयमा फौजी किरा मार्ने बारुलोका साथ साथै फौजीको लार्भा नष्ट गर्ने ढुसी पनि पत्ता लगाएको छ । उक्त प्रबिधि पत्ता लगाए सगै यसलाई ठुलो मात्रामा उत्पादन गर्न सकिने विश्वविद्यालयको कृषि संकायको स्नातकोत्तर तह अन्तिम सेमेस्टरमा पढ्दै गरेकी विद्यार्थी निसा सुवेदीले बताउनु भयो ।

 ‘रिले’ भन्ने ढुँसीलाई फौजी किराको लार्भा नष्ट गर्न प्रयोग गर्न सकिने पत्ता लागेको सुबेदीले बताउनु भयो । उक्त टोलीले प्रयोगशालामा विकास गरेको बारुला  सानो टेस्ट ट्युबमा राखिएको छ भने ढुसीलाई सिसाको बट्टामा उत्पादन गरेको छ । उत्पादन गरेको टेस्टलाई ट्युब फौजी किराले सताएको खेतबारीका ठाउँ ठाउँमा राख्न सकिने अन्य प्रजातिमध्ये फौजी किरा नियन्त्रण गर्न टेलिनोमस रिमस प्रजातिको बारुलो प्रभावकारी देखिएको पत्ता लगाएको छ ।


एउटा ट्युबमा २५ सयसम्म बारुला रहन्छन् । जसमध्ये हजार १२ सय पोथी बारुला हुन्छन् । ‘एउटा ट्युबमा हुने बारुलालले फौजी किराका २४ हजार अण्डा नष्ट गर्न सक्ने बताईएको छ । यो प्रबिधि रासायनिक विषादीभन्दा सस्तो पर्ने दाबी उनीहरुको छ । बारुलो संमन्धी अध्ययन अनुसन्धानमा कृषि संकायको स्नातकोत्तर तह अन्तिम सेमेस्टरकै विद्यार्थी लक्ष्मण चौधरीको टोली जुटेको छ । विश्वविद्यालयको कृषि संकायका डिन अर्जुन श्रेष्ठले यो प्रविधिलाई किसान समक्ष पुर्‍याउनका लागि ठूलो मात्रामा बारुला र ढुँसी उत्पादन गर्न दिगो कृषिका लागि काम गर्ने एउटा संस्थासँग सहकार्य गर्ने सहमति भइसकेको  बताउनु भयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार