शौर्य सिमेन्टले सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीय आन्दोलित

शौर्य सिमेन्टले सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीय आन्दोलित

अञ्जनी कुमार अधिकारी, उदयपुर ।  उदयपुरको कटारी नगरपालिका ८ का स्थानीयहरु आन्दोलित बनेका छन । उनीहरु २०६८ साल चैत १३ गते गरिएको सम्झौता अनुसार दोश्रो पक्ष भनिएको शौर्य सिमेन्टले सम्झौता कार्यन्वयन नगरेको भन्दै आन्दोलित भएका हुन् । कटारी ८ मा रहेको सिमेन्ट बनाउनका लागि प्रयोग गरिने कच्चा पदार्थ, चुनढुङ्गाको उत्खनन सम्झौता बिपरित शौर्य सिमेन्टले उत्खनन गरेपछि उदयपुरको कटारी ८ सिरिसे लगायतका आसपास क्षेत्रका स्थानीयहरु आन्दोलित बनेका हुन ।  दिनहुँ उद्योगका लागि कच्चा पदार्थ चुनढुङ्गा निकाल्दा सो क्षेत्रमा अहिले पानीका मुहान सुक्नुका साथै खेतीयोग्य जमिन बगरमा परिणत हुन थालेको स्थानीयहरुको गुनासो छ । 

पानीको स्रोत नै चुनढुङ्गा र वन जंगल भएका कारण गलत तरिकाबाट भएको उत्खननले त्यहाँ सो क्षेत्रमा अहिले पानीको हाहाकारनै भएको स्थानीयको भनाई छ , गाउमा खेति किसानी गरेर बस्दै आएका सिरिसे रथलिया टारका स्थानीय अहिले खेतबारीमा लगाएको खेतीमा उब्जनी नहुने उब्जनी भएपनि चुनढुंगा उत्खनन गर्दा निस्केको धुलोले खान योग्य नहुने उनीहरुको भनाई छ । उनीहरुले २०६८ साल चैत १३ गते गरिएको सम्झौता अनुसार आफुहरुको जग्गा खानि प्रयोग कर्ताले खरिद गरिदिनु पर्ने माग राखेका छन् ।
२०६८ साल फागुन २३ गते देखी ३० बर्षका लागि सो क्षेत्रको चुनढुंगा उत्खानको अनुमति दिएको देखिन्छ । सरकारले शौर्य सिमेन्टलाई चुनढुंगा लैजान अनुमति दिएको भएपनि तत्कालिन समयमै स्थानीय संग भएको सम्झौता कार्यन्वयनमा नआउँदा अहिले स्थानीयहरू अनिश्चितकालिन बन्दको आब्हान सहित सडकमा उत्रिएका छन । उनीहरुले राज्य, सिमेन्ट उद्धोग र आफुहरुले निर्वाचित गराएर पठाएको जनप्रतिनिधि बाटै पटक पटक ढोका भएको भन्दै आफुहरुको संगको सम्झौता पालना गर्न माग गरेका छन् । 

जिल्लाको पर्यावरणको संरक्षण र मनावहरुको अस्तित्व जोगाउनका लागि स्थानीय सरकार र जिल्ला प्रशासनले तत्काल कदम चाल्नु पर्ने भएपनि जिम्वेवारी बाट पन्छिएको र उद्योगसंगै मिलेमतोमा स्थानीयको आवाज दवाउने गरेको स्थानीयको आरोप छ ।

यसै बीच कटारी क्षेत्रका ट्रक तथा टिफर ब्यबसायीहरु समेत आन्दोलित भएका छन । उनीहरुले खानि क्षेत्रका स्थानीयले अनिश्चितकालको लागि यातायात बन्द गरेको भन्दै आफुहरुको ब्यबसाय पटक पटकको बन्द र हड्तालको मारमा परेको र स्वतन्त्र पुर्वक गरिखान पाउनु पर्ने अधिकार हनन भएको भनि आन्दोलित भएका हुन । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार