कन्सुलर सेवा विभागद्वारा नयाँ ‘मोडयुल’को शुभारम्भ

कन्सुलर सेवा विभागद्वारा नयाँ ‘मोडयुल’को शुभारम्भ

काठमाडौं । कन्सुलर सेवा विभागले विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्ने व्यवस्थाको सुरुवात गरेको छ । 
बिहीबार बिभागको कार्यालय त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमकाबीच उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विभागले सुरु गरेको नयाँ ‘मोडयुल’को शुभारम्भ गर्नुभएको हो ।

सेवा प्रारम्भ भएसंगै विदेश बस्ने नेपाली नागरिकले घरमै बसेर आफ्नो समस्या र गुनासो व्यक्त गर्न पाउने र समाधानका सम्बन्धमा भएको सम्बोधनसमेत अनलाइनबाटै जानकारी लिन सक्ने उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकारले प्रारम्भदेखि नै जनतालाई सार्वजनिक सेवा सहज र सरल रूपमा प्रदान गर्ने प्रतिबद्धताअनुसार काम गर्दै आएको उल्लेख गर्नुभयो  ।

सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको उहाले बताउनुभयो । 
त्यस्तै  विभागका महानिर्देशक प्रकाशमणि पौडेलले उक्त मोडयुलमा कुनै पनि सेवाग्राहीले राहदानी नं र जन्ममिति प्रविष्ट गरेपछि नयाँ ‘फोल्डर’ निर्माण हुने र फोल्डरमा आफ्ना समस्या र गुनासा लेख्न मिल्ने तथा सम्बोधनका बारेमा समेत जानकारी पाइने व्यवस्था गरिएको जानकारी दिनुभयो । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार