बालकुमारी घटनामा मृतकको परिवारलाई १०–१० लाख रुपैयाँ दिने सरकारको निर्णय

बालकुमारी घटनामा मृतकको परिवारलाई १०–१० लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकको परिवारलाई जनही १० ÷१० लाख रुपैया राहत दिने निर्णय गरेको छ । 
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । बैठकले उक्त घटनाप्रति दुख व्यक्त गर्दै घाइतेहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । सो वापतको रकम अर्थमन्त्रालयले गृह मन्त्रालयलाई निकाशा गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताउनुभयो । बैठकले घटनाको निष्पक्ष छानविन गरि दोषिलाई कडा कारवाही गर्ने, भविष्यमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्रलाई संयमित र प्रभावकारी बनाउने निर्णय गरेको छ । 

आगामी दिनमा यस किसिमका घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिवद्ध रहेकाले यस घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन बैठकले आह्वान गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । उहाले घटनाको छानविनका आधारमा अघि बढ्ने जिकिर गर्नुभयो । 

गोली चलाउन आदेश दिने कर्मचारी, डिएसी र मन्त्री प्रकाश ज्वालाको पीएसओलाई निलम्बन गर्ने निर्णय भइसकेको उहाले बताउनुभयो । अदालतको पूर्ण फैसला आउने भन्ने कुरालाई पनि राम्रोसँग बुझाउन नसक्दा र भिड उत्तेजित भएर क्षति हुन पुगेकाले उपसचिवलाई पनि निलम्वन गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । 

इपिएस परीक्षामा सहभागी नगराएको भन्दै शुक्रबार बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा वीरेन्द्र साह र सुजन रावतको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा मन्त्री प्रकाश ज्वालाको गाडी समेत जलाइएको थियो । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार