फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले जित्यो विश्व कपको उपाधि

फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले जित्यो विश्व कपको उपाधि

काठमाण्डौ । फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो । निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।

फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको हो ।३६ वर्षपछि अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको छ । अर्जेन्टिनाले यसअघि सन् १९७८ मा नेदरल्यान्डस्लाई तथा १९८६ मा जर्मनीलाई हराउँदै विश्वकपको उपाधि जितेको थियो । यसैबिच अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन् ।

विश्व कपको उपाधि जितेपछि मेस्सीले आफूले तत्काल सन्यास नलिने प्रतिक्रिया दिएका हुन् । आफू अर्जेन्टिनाको जर्सीमा अझै खेल्न चाहेको उनको भनाइ छ । यसअघि मेस्सीले आफ्ना लागि कतार विश्व कप नै अन्तिम विश्व कप भएको बताइसकेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार