तराई मधेशमा बाक्लो हुस्सु , जनजिवन प्रभावित

तराई मधेशमा बाक्लो हुस्सु , जनजिवन प्रभावित

मधेश प्रदेशका अधिकांश ठाउँमा बाक्लो हुस्सु संगै शीत झर्न सुरु भएको छ । बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ ।

एक–दुई दिनदेखि एक्कासी बढेको चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न पारिवार बढी प्रभावित बनेका छन् । चिसोले गर्दा बालबालिकालाई विद्यालय जान समस्या हुन थालेको छ । छाप्रामा बस्ने अतिविपन्न तथा मजदुर परिवार ताता खानेकुरा र न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिन थालेका छन् ।

चिसो बढेपछि विपन्न समुदायको बाहुल्यता रहेको बस्तीमा समस्या सुरु भएको रौतहटका स्थानिय जयराम चौधरीले बताउनुभयो । चिसो छल्न स्थानीयवासीले आगो बालेर ताप्न थालेका छन् । चोक– चौतारामा मानिसको जमघट बन्द भएको छ । कठ्याङ्ग्रिँदो चिसोले विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ भने मजदुर र किसानलाई नियमित काममा निस्कन गाह्रो परेको छ ।बढी बाक्लो मात्रामा हुस्सु लागेपछि गाउँले आगो बालेर ताप्न थालेको र पशु चौपायालाई पराल ओछ्याउने, बोरा ओढाउने लगायत काम गर्न थालेका छन् ।

चिसोबाट बच्न काम विशेष बाहेक घर बाहिर ननिस्कन, झोलिलो खानेकुरा पर्याप्त खान, न्यानो कपडा लगाउन जिल्ला अस्पताल गौरका चिकित्सकको सुझाव दिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार