मधेश प्रदेशमा २२४ जना डमी उम्मेदवार

मधेश प्रदेशमा २२४ जना डमी उम्मेदवार

मंसिर ४ गते सम्पन्न चुनावमा मधेस प्रदेशमा प्रतिनिधि सभा सदस्यतर्फ २ सय २४ जना डमी उम्मेदवार रहेको देखिएको छ । प्रतिनिधि सभातर्फ मधेश प्रदेशमा ५ सय ९१ जनाले उम्मेदवारी दिएकोमा २ सय २४ जना डमी उम्मेदवारको सङ्ख्या रहेको तथ्याङ्कमा छ । आफ्नो मत आफैलाई नहाल्ने र ५० भन्दा कम मत ल्याउने उम्मेदवारलाई डमी उम्मेदवारको सूचीमा राखिएको छ । मधेस प्रदेशमा ५४ जना जना उम्मेदवारले एक मत पनि ल्याउन नसकेको प्रदेश निर्वाचन कार्यालय धनुषाले जनाएको छ । धनुषाको क्षेत्र नम्बर १ मा सवभन्दा बढि अर्थात १५ जना उम्मेदवारको शून्य मत छ । सर्लाहीको क्षेत्र नम्बर १ मा ८ जना, २ मा ६ जना, रौतहटको १ मा ८ जना, बाराको १ मा ५ जना, २ मा १ जना र ४ मा ११ जना उम्मेदवारले शून्य मत रहेको निर्वाचन कार्यालयले सार्वजनिक गरेको मतपरिणाममा उल्लेख छ ।

धनुषामा ६६, महोत्तरीमा १७, सर्लाहीमा २३, सप्तरीमा १९, सिरहामा ३०, रौतहटमा २५, बारामा २६ र पर्सामा १८ जना स्वतन्त्रसहित दलका उम्मेदवार ५० मत पनि ल्याउन नसकेको निर्वाचन आयोगले जनाएको छ । मधेस प्रदेशका ८ वटै जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ डमी उम्मेदवार देखिएको हो । प्रदेश निर्वाचन कार्यालय धनुषाका अनुसार सप्तरीमा २६, सिरहामा ३३, धनुषामा ७३, महोत्तरीमा २९, सर्लाहीमा २७, रौतहटमा ३८, बारामा २८ र पर्सामा २६ जना स्वतन्त्रसहित दलका उम्मेदवारहरुले एक सय मत कटाउन सकेका छैनन् । समानुपातिकको मत प्राप्त गर्न अरु दलका उम्मेदवारलाई समर्थन गर्ने उद्देश्यले दलहरुले डमी उम्मेदवार बनाएकाले हुन सक्ने आयोगको अनुमान छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार