प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा

प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिनुभएको छ । एक वर्षको सम्झौता गरी साउन अन्तिम साता नेपाल आउनुभएको प्रभाकरले डिसेम्बर १५ (मंसिर २९) देखि लागू हुने गरी राजीनामा दिनुभएको हो । प्रभाकरले दिएको राजिनामा स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

भारतीय पूर्व क्रिकेटर समेत रहनुभएका प्रभाकरको पछिल्लो समय क्यानका पदाधिकारीसँग सम्वन्ध बिग्रिएको थियो । सन् २०१८ मा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएयताको चार वर्षमा पाँच जना प्रशिक्षक परिवर्तन भएका छन् । तीमध्ये चार जनाले सम्झौताको समयावधि अगाडि नै राजीनामा दिएका छन् । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार