महोत्तरीको मटिहानीबाट सशस्त्र प्रहरीले मदिरा बोकेको गाडि सहित दुईजना पक्राउ गरेको छ । मटिहानी नगरपालिका वडा नं. ७ स्थित परिक्रमा गाछीबाट बीआर ०६ पीबी ९७११ नम्बरको बोलेरामा मदिरा राखेर नेपालबाट भारततर्फ चोरीनिकासी गर्न लागिएको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको हो । करिव ४० कार्टुन सोफी र २ कार्टुन मेडुवा मदिरा बोकेको गाडी सहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल बीओपी मटिहानीले जनाएको छ ।
भारतमा घर बताउने ३६ वर्षीय राजा साह र २२ वर्षीय अजित कुमारलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी महोत्तरीले जनाएको छ । बरामद गरिएको मदिरा करिब ९ लाख ६४ हजार रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरीले उल्लेख गरेको छ । पक्राउ परेकहरु र बरामद मदिरा तथा गाडी भन्सार कार्यालय जलेश्वरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा पर्साको ठोरी गाउँपालिका ३ को ठुटेखोला ईलाकाबाट करीब ३ सय ६३ किलो गाँजा र गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको छ । मकवानपुरको हेटौंडाबाट पर्साको विजयबस्तीतर्फ जाँदै गरेको ना ४ ख ६५५५ नम्बरको ट्रकमा २२ वटा कार्टुनमा प्याक गरीएको अवस्थामा गाँजा बरामद भएको छ । बरामद गाँजा तथा ट्रकलाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?