पत्रकार सर्राफको परिवारलाई महानगरको सहयोग

पत्रकार सर्राफको परिवारलाई महानगरको सहयोग

पर्सा । वीरगन्ज महानगरपालिकाले हृदयघातबाट मृत्यु भएका पत्रकार नरेश सर्राफको परिवारलाई तत्काल ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा स्थापना गरिने स्मृति कोषमा महानगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराउने भएको हो ।

वीरगन्जमा समाजवादी प्रेस संगठन र रेडियो वीरगन्जले सर्राफको १० औँ दिनको पुण्य तिथिमा आइतबार आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महानगरका मेयर राजेशमान सिंहले सर्राफका परिवारको जिविकोपार्जनका लागि महानगरको तर्फबाट तत्कालका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गर्नुभयो । सर्राफकी छोरीको १० कक्षासम्मको पठनपाठनको जिम्मा महानगरपालिले लिने भन्दै इच्छाएकोे विद्यालयमा पढ्ने व्यवस्था महानगरले मिलाउने उहाँले बताउनुभयो ।

यसका साथै सर्राफको स्मृतिमा पत्रकार महासंघले स्थापना गर्ने कोषमा १० लाख उपल्वध गराउने घोषणा गर्नुभयो । समाजवादी प्रेस संगठन र रेडियो वीरगन्जले सर्राफको परिवारलाई १ ÷१ लाख रुपैयाँ नगद उपलब्ध गराएको छ । मंसिर १५ गते हृदयतघातबाट पत्रकार महासंघ पर्सा शाखाका सदस्य समेत रहेका ३८ वर्षीय सर्राफको निधन भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार