गोली हानी मारियो चितुवा

गोली हानी मारियो चितुवा

दमौली । तनहुँमा आतङ्क मच्चाई रहेको नरभक्षी चितुवालाई सोमबार साँझ दुई राउण्ड गोली हानी मारिएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक रामशरण रानाको नेतृत्वमा खटिएको टोलीले बन्दीपुर गाउँपालिका–२ मा नरभक्षी चितुवालाई गोली हानी मारेको हो । जिल्ला प्रशासन कार्यालयले कात्तिक १६ गते नरभक्षी चितुवालाई मार्न आदेश दिएको थियो । बन्दिपुर गाउँपालिकाको वडा नं. १, ३, ४ र ५ मा तथा व्यास नगरपालिकाको वडा नं. ११ र १२ मा गरी चितुवाको आक्रमणबाट आठ जना घाइते र पाँच जना बालबालिकाको मृत्यु भएकाले मार्ने आदेश दिइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ९९४० बमोजिम नरभंक्षी चितुवा मार्न सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई आदेश दिएको उहाँले जानकारी दिनुभयो । चितुवा मार्नुपर्ने भनी पालिका तथा स्थानियले प्रशासन कार्यालयमा प्रतिवेदन बुझाएपछि सो चितुवा मार्न प्रशासनले आदेश दिएको हो । गोली हानेर मारिएको चितुवालाई डिभिजन वन कार्यालयमा बुझाईएको तनहुँका प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।

चितुवाको आक्रमणमा परि भानु नगरपालिका, आँवुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका १४ जना बालबालिको मृत्यु भै सकेको तनहुँ प्रहरीको तथ्याङमा उल्लेख छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार