राजविराज । सप्तरीको राजविराज नगरपालिकाले तोक आदेशका भरमा नियुक्त भएका दैनिक ज्यालादारी कर्मचारीको तलब रोक्का गरेको छ । केही महिना अघि कार्यबाहक नगरप्रमुख ईसरत परविण, प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनु र यसअघिका प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवको तोक आदेशकै भरमा १० जनालाई दैनिक ज्यालादारीमा नियुक्ति दिइएको थियो ।पटक पटक गरेर दैनिक ज्यालादारी र करारका कर्मचारी नगरपालिकाले नियुतm गरेपछि आर्थिक व्ययभार थपिएको भन्दै अहिले उनीहरूको तलब रोक्का गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले ६० जनाभन्दा बढी दैनिक ज्यालादारी कर्मचारीको तलब सोमबारदेखि रोकिएको बताउनुभयो । नगर सफाईमा खटिएका स्विपर र चालक बाहेकका दैनिक ज्यालादारीका कर्मचारीको कार्तिक र मंसिर महिनाको तलब रोकेको उहाँले जानकारी दिनुभयो ।कार्यालयमा आवश्यक नै नभएको कर्मचारी तोक आदेशका भरमा नियुक्त हुँदा केहीले काम पनि गर्न नजान्ने प्रशासकीय अधिकृत सोनुले बताउनुभयो ।
दैनिक ज्यालादारी कर्मचारीका कारण मासिक चार लाख रुपैयाँ व्ययभार नगरपालिकालाई थपिएको उहाँको भनाई छ । दरबन्दीअनुसार कर्मचारी आवश्यक भए खुल्ला प्रतिस्पर्धा गरिनुपर्छ वा लोकसेवा आयोगमा लेखी पठाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।राजविराज नगरपालिकामा १ सय ३० भन्दा बढी दैनिक ज्यालादारीका कर्मचारी कार्यरत रहेको जनाईएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?