तोकियो पोखरेली जेठोबुढो धानको समर्थन मूल्य

तोकियो पोखरेली जेठोबुढो धानको समर्थन मूल्य

पोखरा महानगरपालिकाले पोखरेली जेठोबुढो धानको समर्थन मूल्य प्रतिक्विन्टलको ९ हजार तोकेको छ । पोखरा महानगरपालिकाले पोखरेली जेठोबुढो धानको मूल्य प्रत्येक वर्ष तोक्ने गरेकाले यस बर्ष पनि तोकेको हो । पोखरेली रैथाने धान जेठोबुढोबाहेक अन्य जातको धानको मूल्य भने नतोक्ने महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । महानगरपालिकाले तोकेको न्यूनतम समर्थन मूल्यमा यो धान बिक्री भएन भन्ने किसानबाट अहिले सम्म गुनासो नआएको उहाँले बताउनुभयो । प्रतिक्विन्टलको ९ हजारभन्दा कम मूल्यमा बिक्री गर्न पर्ने अवस्थामा महानगरले न्यूनतम समर्थन मूल्य बराबर बेहोर्ने पनि उहाँले बताउनुभयो ।

यसैले महानगरले न्यूनतम समर्थन मूल्यको ग्यारेन्टी गरेको उहाँको भनाई छ । जेठोबुढो धानको स्वाद नै अन्य धानको भन्दा धेरै स्वादिलो हुनु, उत्पादनको समय अन्य धानको भन्दा अली लामो समय लिनु, धान उत्पादन आधा कम हुनु , उत्पादन लागत नै बढी लाग्नु लगायतका कारण यस प्रजातिको धानको मूल्य नै बढी पर्न गएको महानगर कृषि महाशाखाको भनाई छ । पोखराको फेवाताल, रुपा, बेगनास तालको आसपासका क्षेत्र जेठोबुढो धानको उद्गम स्थल भएको मानिन्छ । पोखरा महानगरपालिकामा कुल ११ हजार २ सय हेक्टर क्षेत्रफलमा ३९ हजार २ सय टन धान उत्पादन हुने गरेको महानगरको कृषि महाशाखाको तथ्याङ्गमा उल्लेख छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार