बाँकेमा दुई युवतीको शव फेला

बाँकेमा दुई युवतीको शव फेला

नेपालगञ्ज । बाँकेको राप्ती नदीमा दुई युवतीको शव फेला परेको छ । बयर टिप्न राप्ती नदीको टापुमा पुगेका राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुर डाँडा टेपरीका २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारुको शव भेटिएको हो । बयर टिप्न गएका उनीहरु शनिबार बेलुकासम्म पनि घरमा नआएपछि खोजी गर्ने क्रममा आइतबार बिहान डुबेको ठाउँबाट डेढ किलोमिटर दक्षिणतर्फ नदीमा शव फेला परेको प्ररहीले जनाएको छ ।

बयर टिप्न गाउँका ७ जना युवती गएकोमा पाँच जना पौडी खेलेर बाँच्न सफल भएपनि दुई जना बेपत्ता भएको खवर प्रहरीमा आएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो । नदीमा डुबेर बेपत्ता भएका दुवै युवतीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजीको क्रममा शव फेला पारेको उहाँले जानकारी दिनुभयो । उनीहरूको शवलाई पोस्टमार्टमका लागि नेपालगन्ज पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार