लुम्बिनी प्रदेशको राजधानी सार्न हतार नगर्न दलहरुको ध्यानाकर्षण

लुम्बिनी प्रदेशको राजधानी सार्न हतार नगर्न दलहरुको ध्यानाकर्षण

वुटवल । प्रमुख राजनीतिक दलहरूले लुम्बिनी प्रदेशको राजधानी सार्ने कामका लागि हतार नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । पूर्वाधार तयार नभएको अवस्थामा लुम्बिनी प्रदेश सरकारले दाङको भालुवाङमा राजधानी सार्ने हतार गरिरहेको भन्दै यस्तो काम तत्काल रोक्न नेपाली कांग्रेस र नेकपा (एमाले) रुपन्देहीले छुट्टाछुट्टै प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएका हुन् ।

प्रदेश सरकारले बुटवलबाट विभिन्न कार्यालयहरू सार्न थालेपछि एमाले रुपन्देही आइतबार विज्ञप्ति जारी गर्दै नयाँ प्रदेशसभा निर्वाचित भइसकेको अवस्थामा कामचलाउ सरकारले कार्यालय थालेको राजधानी सार्ने काम तुरुन्त रोक्न माग गरेको छ ।आवश्यक पूर्वाधारबिना कार्यालयहरू सार्ने हतार नगर्न सरकारको ध्यानाकर्षण गराएको हो । नयाँ प्रदेशसभा निर्वाचित भइसकेको अवस्थामा नयाँ प्रदेश सरकारले यो काम गर्दा उपयुक्त हुने एमालेको ठहर छ । नेपाली कांग्रेस रुपन्देहीले पनि आइतबार विज्ञप्ति जारी गर्दै प्रदेश सभाको नियमित काम गर्नसमेत संरचना निर्माण नभएको अवस्थामा हतारमा राजधानी सार्दा कामकाजमा पर्न सक्ने असरतर्फ सचेत हुनुपर्ने उल्लेख गरेको छ ।

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार