श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

श्रीमतीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा सप्तरी प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । रकम हिनामिना गरेको बिषयमा विवाद हुँदा ४० वर्षीया श्रीमती गीता रजकलाई टाउको र निधारमा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले श्रीमान् हीरालाल रजकलाई पक्राउ गरेको हो । राजविराज नगरपालिका–१ रामपुर बस्ने रजकले भारतको केरलाबाट कमाएर ल्याएको साढे चार लाख रुपैया र घरमा भएको गरगहना गिताले हिनामिना गरेको प्रहरी समक्ष बताएका छन् ।

सोही विषयमा बिबाद भई कुटपिट गरेको रजकले बताएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार शनिबार बिहान गीताको शव फेला परेको थियो । मृतकका बुबा गजानन्द रजकले आफ्नी छोरीलाई ज्वाईले नै हत्या गरेको किटानी जाहेरी प्रहरीमा दिएका छन् । हीरालाल विरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालतबाट सात दिन म्याद लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । यस्तै सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय पप्पु भनिने सञ्जय राउतको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरीका डीएसपी नरेशकुमार सिंहका अनुसार धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो । हत्यामा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार