काठमाण्डौ । नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएका र डा. अमरेशकुमार सिंह सर्लाही ४ बाट विजयी हुनुभएको छ । सिंहले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्रकुमार रायलाई १ हजार ७ सय ६४ मतले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
सिंहले २० हजार १७ मत प्राप्त गर्दा रायले १८ हजार २ सय ५३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कांग्रेसले सिंहलाई टिकट नदिएर रायलाई दिएपछि उहाँले पार्टीमा विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । सिंह २०७० र २०७४ को दुवै चुनावमा त्यसै क्षेत्रबाट निर्वाचित हुनुहुन्थ्यो ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?