मधेश प्रदेशका धेरै ठाउँमा विहानबाट मतगणना हुने

मधेश प्रदेशका धेरै ठाउँमा विहानबाट मतगणना हुने

जनकपुर । मधेश प्रदेशका धेरै ठाउँमा सोमबार बिहान ८ बजेपछि मात्रै मतगणनाको तयारी थालिएको छ । प्रदेशका आठवटै जिल्लामध्ये कतिपय जिल्लामा मतगणना स्थलमा मतपेटिका सङ्कलन गर्ने र मतपेटिका रुजु गर्ने कार्य जारी रहेको तथा कतिपय ठाउँमा सर्वदलीय बैठकका कारण बिहान ८ बजेपछि मात्रै मतगणनाको तयारी भइरहेको छ । र्लाही, सप्तरी, सिरहा, बारा, पर्सा, रौतहट र महोत्तरीमा पनि सम्भवत: बिहान आठ बजेपछि मात्रै मतगणना सुरू हुने जनाईएको छ ।

धनुषामा गए रातिदेखि मतगणनाको प्रक्रिया सुरू हुने भनिए पनि सबै क्षेत्रको मतपेटिका सङ्कलन र रुजु गर्ने काम  जारी रहेकाले बिहानदेखि मात्र मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार धनुषा निर्वाचन क्षेत्र नम्बर–१ को धनुषाधाममा, क्षेत्र नम्बर–२ को औरहीमा, क्षेत्र नम्बर–३ को जनकपुरधाममा र क्षेत्र नम्बर–४ को महेन्द्रनगरमा मतगणना हुने  छ ।

मधेश प्रदेशका प्राय सबै मतगणना स्थलहरूमा सुरक्षाका लागि तारजाली र सीसीटीभी क्यामरा जडान गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आइतबार मतदान भएको थियो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार