निर्वाचन तयारीमा भड्किलोपन कम भएको आयोगको निष्कर्ष

निर्वाचन तयारीमा भड्किलोपन कम भएको आयोगको निष्कर्ष

बर्दिवास । मधेस प्रदेशका जिल्लामा निर्वाचन तयारीमा हुने भड्किलोपन कम भएको विभिन्न आयोगले निस्कर्ष निकालेको छ । राष्ट्रिय मानव अधिकार आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय समावेशी आयोग र मधेसी आयोगले अनुगमनका क्रममा भड्किलोपन कम भएको पाईएको प्रतिवेदनमा उल्लेख गरेको छ । महोत्तरीको बर्दिबासमा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै आयोगले यसअघिको निर्वाचनको तुलनामा आचारसंहिता परिपालनामा सुधार देखिएको उल्लेख गरेको हो । राजनीतिक दल र उम्मेदवारले प्रचार प्रसारका क्रममा टागिने ब्यानर, पर्चा, पम्पलेट, जुलुस, र्‍याली र आमसभालगायत चुनावी कार्यक्रममा तडकभडक निकै कम देखिएको आयोगका पदाधिकारी तथा सदस्यले हस्ताक्षर गरेको‘प्रेस नोट’मा भनिएको छ ।

आयोगको ‘टोल फ्री’ नम्बर सर्वसाधारणलाई यथेष्ट जानकारी हुन नसकेको, भारतीय सुरक्षा अधिकारीसँग दोहोरो सम्वाद भए पनि भारतीय नम्बर प्लेटका गाडी निर्वाचन प्रचारमा भित्रिएका, निर्वाचनमा अधिकांश मतदान केन्द्र विद्यालयमा रहेको पाईएको आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले बताउनुभयो ।

मतदाता नामावली संकलनमा मधेसका धेरै महिलाको नाम छुट्दा सबैजसो जिल्लामा महिलाभन्दा पुरुष मतदाताको संख्या  बढी देखिएको उहाँको भनाई छ । चार वटा आयोगले संयुक्त रुपमा गएको सर्वेक्षणबाट आचारसंहिताको धेरै पालना भएको पाइएको भए पनि अझै सुधार गर्नुपर्ने पक्ष पनि रहेका राष्ट्रिय मानव अधिाकार आयोगले जनाएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार