रेल सेवा चार दिन बन्द

रेल सेवा चार दिन बन्द

आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई ध्यानमा राखी नेपाल रेल सेवा चार दिन बन्द हुने भएको छ । जयनगरदेखि जनकपुरसम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा आज देखि मंसिर ४ गतेसम्म सेवा बन्द हुने भएको हो । अगामी मङ्सिर ५ गतेदेखि पुन: नियमित रेल सेवा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिनुभयो ।

जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगर–कुर्था अन्तर्गतको ३५ किलोमिटरमा २०७८ चैत २० देखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । त्यसयता निर्धारित समयतालिका अनुसार नै नियमित रेल चल्दै आएको प्रबन्ध सञ्चालक झाको भनाइ छ ।

तर आसन्न निर्वाचनका लागि चार दिन रेल सेवा बन्द गरिने उहाँले जानकारी दिनुभयो । सुरक्षित तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन मधेश प्रदेशका जिल्लासँग जोडिएको भारतीय सीमा नाका बिहीबार रातिबाट तीन दिन अर्थात् मतदानको ७२ घण्टा अघिदेखि बन्द हुने भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार