पर्सा । भारतबाट ल्याउँदै गरेको अवैध मतपत्रसहित पर्सामा एक जना पक्राउ परेका छन् । भारतसँग सीमा जोडिएको पर्साको जानकीटोला नाकाबाट भित्र्याउँदै गरेको १५ हजार थान फर्जी मतपत्रसहित भारत बिहारको नरकटिया ग्राम पञ्चायत वडा नम्बर १४ घर भएका ४० वर्षीय इजाजत अहमदलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपालको दशौता आउँदै गरेको बीआर २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा जाँच गर्दा मतपत्र भेटिएको सशस्त्र प्रहरी बल नेपाल पर्साले जनाएको छ । मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि भारतमा छापिएको नमूना मतपत्र गैरकानूनी रुपमा नेपालमा भित्र्याउँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?