सीताराम विवाहपञ्चमी महोत्सवको तयारी तिव्र

सीताराम विवाहपञ्चमी महोत्सवको तयारी तिव्र

जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको तयारी तिव्र पारिएको छ । मंसिर ७ गतेदेखि १३ गतेसम्म विधिवत रुपमा एक साता सीताराम विवाहपञ्चमी मनाउने तयारी गरिएको हो । पहिलो दिन मंसिर ७ गते नगरदर्शन, दोश्रो दिन मंसिर ८ गते फूलबारी लीला, मंसिर ९ गते धनुष यज्ञ, चौथो दिन मंसिर १० गते तीलकोत्सव, मंसिर ११ गते मटकोर र मंसिर १२ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुने जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले बताउनुभयो । यसपटक विवाहपञ्चमी महोत्सवमा भारत उत्तराखण्ड सरकारका पर्यटन मन्त्री एवम् अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु सतपालजी महाराज सहभागी हुने उहाँको भनाई छ । मंसिर ११ र १२ गतेको कार्यक्रममा सहभागी हुने सतपाल महाराज भारतबाट रामको डोलासहित आउने उहाँले बताउनुभयो ।

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवको निमन्त्रणा स्वीकार गरेर सतपाल महराज जनकपुरधाम आउन लाग्नुभएको हो । जनकपुरधाम हुने विवाह महोत्सवमा सहभागी हुन सतपाल महराज लगायत अयोध्याबाट साधुशन्त यस बर्षपनि जन्तीको रुपमा आउने तयारी छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसित विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

महोत्सवको अन्तिम दिन मंसिर १३ गते रामकलेवा गरी जन्तीको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सवको विधिवत समापन हुने वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले जनाएको छ । यसअघि २०१८ मा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आतित्यनाथ विवाहपञ्चमी महोत्सवमा सहभागी हुनुभएको थियो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार