रौतहट प्रहरीले नक्कली नोटसहित छ जना पक्राउ गरेको छ । नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा आदर्श कोतवाल गाउँपालिका–६ बस्ने २५ वर्षीय सोनु कुमार कुश्वाहा सहित ४ जना पुरुष र २ जना महिला गरी ६ जनालाई पक्राउ गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।
मौलापुर नगरपालिका–८ सोनरनिया र बाराको कचोर्वा जाने बाटोबाट नेपाली १ हजार रूपैयाँ दरको ८७ थान नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुनिल मल्लले बताउनुभयो । उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटिएको उहाँको भनाई छ । पक्राउ परेका मध्ये मौलापुर नगरपालिका–६ पिपरिया टोल २६ वर्षीय राजाराम साहको घर तलासी गर्दा लुकाई राखेको अवस्थामा प्रहरीले १ थान कटुवा पेस्तोल बरामद गरेको छ । पक्राउ परेकाहरुलाई हिरासतमा राखेर घटनाका बारेमा अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?