काठमाण्डौ । आजदेखि तीन दिन यात्रुको सुविधाअनुसार जयनगर–कुर्था रेलमार्गमा अनटाइम्ली (निर्धारित सिफ्टभन्दा बाहेक) रेल सेवा सञ्चालन गरिने भएको छ । कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन जाने तीर्थालुको सुविधालाई ध्यानमा राखेर कात्तिक २१ देखि २३ गतेसम्म जयनगर–जनकपुरसम्म अनटाइम्ली सेवा सञ्चालन हुने भएको हो ।
कात्तिक पूर्णिमाको अवसरमा नेपाल तथा भारतका तिथालुहरु कमला नदीमा नुहाउन जाने गर्दछन् । तीन दिन यात्रुको चाप बढ्न सक्ने भएकाले रेल सेवा अनटाइम्ली गरिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरबाट कुर्थासम्म ३५ किलोमिटरमा गत २०७८ चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?