गुजरातमा झोलुङ्गे पुल चुडिंदा डेढ सयको मृत्यु

गुजरातमा झोलुङ्गे पुल चुडिंदा डेढ सयको मृत्यु

काठमाण्डौ । भारतको गुजरातमा एउटा झोलुङ्गे पुल चुडिंदा करीब डेढ सय जनाको मृत्यु भएको छ । भने ५० जना भन्दा बढि बेपत्ता छन् ।गुजरातको राजधानी अहमदावादबाट दुई सय किलोमिटर टाढा पर्ने मोर्बीस्थित मच्छुखोलामाथिको झोलुङ्गे पुल आइतबार साँझ अत्यधिक भारका कारण चुडिएको हो

। पुल भत्किएपछि अधिकांश मानिस खोलामा खसेका थिए भने कतिपय पुलका लट्ठा र तार समातेर झुण्डिएका थिए ।घटनालगत्तै उद्धार तथा खोजीका लागि सेना, नौसेना, वायुसेना लगायतलाई परिचालन गरिएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार आज सोमबार बिहानसम्म मृतकको संख्या डेढ सय नजिक पुगेको हो ।

पुल चुडिंदा पुलमाथि कम्तिमा चार सय जना रहेको बताइएको छ । खोलामा खसेका ५० जना अझै बेपत्ता छन् भने एक सय ७७ जनालाई जिवितै उद्धार गरिएको छ । ७० जना घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो पुल १ सय ४० वर्ष पुरानो मानिन्छ ।पाँच दिन पहिले मात्रै यो पुलको मर्मतसम्भार गरी आवतजावतका लागि खोलिएको थियो ।

गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले ज्यान गुमाएकाका परिवारलाई चार लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ ।यस्तै, प्रधानमन्त्री राहत कोषबाट पनि ज्यान गुमाएकाका परवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा भएको खबरमा उल्लेख छ ।दुर्घटनाप्रति भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख ब्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार