चट्याङले लागेर एकको मृत्यु , तिन घाईते

चट्याङले लागेर एकको मृत्यु , तिन घाईते

पर्सामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । वीरगन्ज महानगरपालिका –२ छपकैयाका रामप्रसाद उपाध्यायका छोरा १५ वर्षीय सिद्धान्त उपाध्यायको सोमबार बिहान वर्षासँगै खसेको चट्याङले लागेर मृत्यु भएको हो ।

चट्याङले फुलनेसा खातुन र भिखारी राउतको १३ वर्षीय छोरा अर्जुन राउत घाइते भएको प्रहरीले जनाएको छ । छपकैया ईदगाह चोक स्थित छठघाट पोखरी नजिकैको चौरमा क्रिकेट खेलिरहेको अवस्थामा चट्याङ खसेको थियो । चट्याङ खसेर घाईते भएका उनीहरुलाई उद्धार गरेर उपचारका लागि नारायणी अस्पताल पु¥याउदा सिद्धान्तको मृत्यु भइसकेको अस्पतालले जानकारी दिएको छ ।

घाइतेमध्ये अर्जुनको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो । उहाँका अनुसार अर्जुनलाई थप उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएको छ ।अर्की घाइते फुलनेसाको अवस्था सामान्य रहेको र नारायणी अस्पतालमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । पर्साको  बिन्दवासिनी गाउँपालिका–४ अमरपट्टी बस्ने २५ वर्षीय कुन्दन दासको पनि सोमबार बिहान चट्याङ लागेर घाइते भएको पर्सा प्रहरीले जनाएको छ ।  बिहान शौचालय जाने क्रममा उनलाई चट्याङले लागेको थियो। नारायणी अस्पतालमै उपचारत उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार