महिलाको शव बाँसको झाडीमा फेला

महिलाको शव बाँसको झाडीमा फेला

धनुषामा करिव २६ वर्षीय एक महिलाको शव बाँसको झाडीमा फेला परेको छ । शहिदनगर नगरपालिका– ३, यदुकुहामा रहेको नहरको किनारमा रहेको बाँसको झाडीमा मंगलबार विहान महिलाको शव फेला परेको हो । मृतक महिला स्थानीय अरुण दासकी श्रीमती बबित्यादेवी रहेको प्रहरीले जनाएको छ ।

सोमबार राति गाउँमै सांस्कृतिक कार्यक्रम भएको र सो कार्यक्रम हेर्न गएको र सोहि मौका छोपेर महिलाको बलात्कार गरी हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शवको प्राकृतिक हेर्दा बलात्कारपछि हत्या गरी फालेको जस्तै देखिएको घटनास्थलमा पुगेको प्रहरी टोलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेसहितको प्रहरी टोली तालिम प्राप्त कुकुर लिएर घटनास्थलमा पुगेको हो । प्रहरीले कुकुरको मद्दतबाट घटनामा संलग्नको खोजी गरिरहेको छ । अर्धनग्न अवस्थामा महिलाको शव फेला परेकोले बलात्कारपछि हत्या गरिएको आशंका स्थानीयको छ । स्थानियका अनुसार मृतक महिलाको ३ वर्षीया एक छोरी छिन भने उनको श्रीमान् चार वर्षदेखि वैदेशिक रोजगारमा छन् ।

शव परीक्षण गरेर रिपोर्ट नआएसम्म मृत्यूबारे केही भन्न नसकिने धनुषा प्रहरीले बताएको छ । यस घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार