२ सय ४ किलो गाँजा बरामद

२ सय ४ किलो गाँजा बरामद

रौतहट प्रहरीले २ सय ४ किलो गाँजा बरामद गरेको छ । गौर नगरपालिका वडा नं. २ स्थित बकैया खोला किनारबाट सोमबार बिहान प्रहरीले गाँजा बरामद गरेको हो । भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले लखेटेपछि गाँजा तस्करले गाँजा फालेर भागेका हुन् । प्रहरीका अनुसार उनीहरु गाँजाका कारोबारी हुन्  ।

उनीहरुले गाजा भारततर्फ लैजान लागेको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट महादेवपट्टि र सशस्त्र प्रहरीको बेस क्याम्प गौरबाट टोली खटिएको थियो । सुरक्षाकमीको टोलीलाई देख्न साथ गाँजा फालेर उनीहरु भागेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले बताउनुभयो । उहाँका अनुसार १७ वटा प्लाष्टिकको पोकामा रहेको गाँजा बरामद गरिएको छ । गाँजा ओसारपासरमा संग्लनहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार