सिरहा प्रहरीले व्यवसायीलाई कुटेको विरोधमा मिर्चैया बजार बन्द गरिएको छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै मिर्चैयाका व्यवसायीले विरोधमा बजार बन्द घोषणा गरेका हुन् । सोमबार बिहान ८ बजेदेखि बेलुका ६ बजे सम्म मिर्चैयाका सम्पूर्ण पसल तथा व्यवसाय बन्दको आह्वान गरेका छन् । मिर्चैया सडक खण्डमा धुवाँ, धुलो र हिलोका कारण स्थानीय व्यवसायीलाई समस्या परेको भन्दै शान्तिपूर्ण आन्दोलन गरेको थियो । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको दर्जनबढी व्यवसायी घाइते भएको मिर्चैया उद्योग बाणिज्य संघले जनाएको छ ।
संघका सचिव भरत महासेठ र एक होटलका कामदार अजय पासवानको टाउको र शरीरका विभिन्न भागमा हड्डी भाँचिने गरी प्रहरीले कुटपिट गरेको व्यवसायीहरु बताएका छन् । सडक निर्माण कम्पनी र सरोकारवालाहरुसँग पटक पटक वार्ता र सम्झौता गरे पनि ती सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै स्थानीयवासी आन्दोलित थिए ।
यता प्रहरीले भने पूर्व पश्चिम राजमार्ग जाम गरेर केही युवाले प्रहरीमाथि ढुङ्गामुढा गरेकाले केही बल प्रयोग गर्नुपरेको बताएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?