महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह प्रहरीले नियन्त्रणमा लिएको छ । चर्को ब्याजदरमा ऋण लगानी गरेको आरोपमा भङ्गाह नगरपालिका–५ सिद्धपुर घर भएका साहलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मिटरब्याजी साहलाई गएराति घरबाटै प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरेको आरोपमा साहलाई नियन्त्रणमा लिइएको महोत्तरीका एसपी कृष्णप्रसाद पङ्गेनीले बताउनुभयो ।उहाँका अनुसार पक्राउ परेको साह माथि ठगि मुद्दा चलाउने तयारी भइरहेको छ ।
लामो समय देखि यस्ता कार्यमा संलग्न साहले भङ्गाह नगरपालिका लगायत महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्मका व्यक्तिलाई ऋण लगानी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । साहले गरिब तथा विपन्न परिवारलाई परेको अप्ठ्यारोको मौका छोपेर चर्को ब्याजमा अर्थात १२ गुणासम्मको तमसुक बनाउने, साँवाको ब्याजको स्याजसमेत असुल गर्ने र कानुनी प्रक्रियाबाट सम्पत्ति हडप्ने कार्यमा लामो समयदेखि संलग्न रहेको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?