सर्लाहीको मलङ्गवामा सुविधायुतm बस पार्क निर्माण गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधामको सहयोगमा बस पार्क निर्माण गरिएको हो ।मलङ्गवा नगरपालिका–२ मा करिब ६ करोड रुपैयाको लागतमा निर्माण गरिएको बसपार्क चाँडै नै सञ्चालनमा आउने सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनुभयो । उहाँका अनुसार टर्मिनल भवन सहित निर्माण गरिएको उक्त नयाँ बसपार्क सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही, मलङ्गवा नगरपालिका र मलङ्गवा यातायात सेवा प्रालिसँग आवश्यक समन्वय भइरहेको छ । हाल मलङ्गवा–९ स्थित पुरानो बसपार्कबाट बस सञ्चालन हुँदै आएको छ ।
पुरानै बसपार्कमा यात्रुबाहक सवारीसाधन पार्किङ गरी त्यहीँबाट सञ्चालन हुँदा सवारी व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको छ । अव सुविधायुतm बसपार्क संञ्चालनमा आएपछि सवारीसाधन व्यवस्थापनमा समस्या नदेखिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
नयाँ बसपार्क मुख्य बजारभन्दा टाढा रहेकाले यात्रुलाई मर्का पर्ने भन्दै बस व्यवसायीहरु जान तयार नभएको मलङ्गवा यातायात सेवा प्रालिका अध्यक्ष राजीव यादवले बताउनुभयो ।तर निर्माण कम्पनीले बसपार्क हस्तान्तरण गर्न बाँकी नै रहेको र संञ्चालनमा आएपछि बस लैजान्न भन्न नपाउने मलङ्गवा नगरपालिकाले जनाएको छ । मलङ्गवाबाट लामो तथा छोटो दूरीका गरी करिब ९० बस दैनिक अन्यत्र लागि छुट्ने गर्दछन् ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?