एम्बुलेन्सबाट गाँजा बरामद

एम्बुलेन्सबाट गाँजा बरामद

सिरहा प्रहरीले एम्बुलेन्सबाट ९० किलो लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका–१ मा को १ च ७५७७ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लहान र ट्राफिक प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले सोमबार राति लहान नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा एम्बुलेन्सबाट गाँजा बरामद भएको र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार सिरहाको धनगढीमाई नगरपालिका–९ बस्ने २९ वर्षीय सरोज लामालाई नियन्त्रणमा लिएको हो । उहाँका अनुसार एम्बुलेन्सको पछाडि बिरामी राख्ने भागमा ५ वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा र २८ हजार रुपैयाँ नगद बरामद भएको छ । गाँजा तस्करहरुले प्रहरीलाई छल्न एम्बुलेन्स प्रयोग गरेको हुन सक्ने अनुमान गरिएको छ ।यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार