मधेश प्रदेश सरकारले अन्दोलन गर्ने

मधेश प्रदेश सरकारले अन्दोलन गर्ने

निर्वाचन अघि नै प्रहरी प्रशासन प्रदेश सरकार मातहत गर्नुपर्ने माग गर्दै मधेश प्रदेश सरकारले संघिय सरकार बिरुद्ध आन्दोलन गर्ने भएको छ । मधेश प्रदेशको गृह तथा संचार मन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले आईतबार प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीलाई शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो । प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाउने कार्यक्रममा मन्त्री साह सहित भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग वन तथा पर्यटन मन्त्री शत्रुधन महतो, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव, खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा लगायतकाहरुको उपस्थिति रहेको थियो ।

मन्त्री साहले संघ सरकारले ७ दिन भित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रक्रिया आरम्भ नगरे शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिनुभयो । मन्त्री साहले शान्तिपूर्ण आन्दोलनमा धर्ना, रिले अनसन, रचनात्मक आन्दोलन गर्ने बताउनुभयो ।मन्त्री साहले निर्वाचन मिति घोषणा भए पनि अहिले आचारसंहिता लागू नभएको भन्दै अहिले पनि नेपाल सरकारले गर्नसक्ने बताउनुभयो ।

पटक–पटक प्रहरी समायोजन गर्न संघीय सरकारसँग आग्रह गर्दै आएको भएपनि वेवास्ता गरीएकाले बाध्य भएर सर्घषमा उत्रिने निर्णय गरेको मधेश प्रदेश सरकारले जनाएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार