सडकमै सुतेर प्रर्दशन

सडकमै सुतेर प्रर्दशन

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडी सुकुम्बासीले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् । चुरे क्षेत्र जोगाउन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन माग गर्दै आन्दोलनरत सुकुम्बासी र चुरे अभियानले सडकमै सुतेर प्रदर्शन गरेका हुन् । सुकुम्बासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहेको र वास्तविक सुकुम्बासीहरु जग्गा पाउने अधिकारबाट वञ्चित भएको भन्दै उनीहरु लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।

चुरे दोहन बन्द गर, छानबिन प्रतिवेदन सार्वजनिक गर, सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउ लगाएका माग उनीहरुको छ । आफुहरुको मागको सुनुवाई नभएपछि सडकमै सुतेर विरोध प्रदर्शन गरेको अभियानका संयोजक सुनिलकुमार यादवले बताउनुभयो । उहाँका अनुसार मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वन क्षेत्रबारे प्रदेश सरकारले ४ भदौ २०७८ मा समिति बनाएर छानबिन गर्ने बताएपनि कुनै ध्यान नदिएको छैन् ।

वास्तविक भूमीहिन, दलितलाई जग्गा नदिई अर्कै व्यक्तिलाई दिने गरेको उहाँको आरोप छ । आफुहरुको माग पूरा नभएको भन्दै पछिल्लो समयमा सुकुम्बासीहरु रिले अनसन बस्दै आएका छन् ।त्यसअघि जनकपुर बन्द, झाडू जुलुस प्रदर्शन, जिल्ला प्रशासन, राजनीतिक दलका नेताहरुलाई ज्ञापन पत्र बुझाउने लगायतका कार्य गरिसकेको जनाएको छ ।  

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार