धनुषा प्रहरीले रकम लुट्ने दुई युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जनकपुरमा रहेको एक नीजि बैंकबाट रकम झिकेर गन्तव्य तर्फ जाँदै गरेकी एक महिलाबाट झोलामा रकम लुटेर फरार भएको दुई युवकलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–७ बस्ने २० वर्षीय जितेन्द्र प्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डललाई पक्राउ गरीएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट लुटिएको मोबाइल र ५४ हजार रुपैयाँ नगद तथा दिपेन्द्रको साथबाट ७८ हजार रुपैयाँ बरामद गरीएको उहाँको भनाई छ । गत सोमबार वैदेशिक रोजगारीमा रहेका श्रीमानले पठाएको दुई लाख रुपैयाँ मिल एरिया स्थित रहेको एभरेष्ट बैँकबाट पैसा झिकेर प्लाष्टिकको झोलामा मोबाइल र सो रकम लिएर घर जाँदै गरेकी शर्मिला देवीको झोला लुटेर युवक फरार भएका थिए ।घटनाका बारेमा जानकारी पाएको प्रहरीले दुबै युवकलाई पक्राउ गरेको हो ।
उनीहरुलाई प्रदेश २–०२–००५ प ८५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?