पर्सा प्रहरीले बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ ।विरगन्ज महानगरपालिका वडा नं. ८ स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा बारा जितपुर सिमरा उपमहानगरपालिका–५ का २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिकाका २७ वर्षीय राजकपुर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?