मधेश प्रदेश सरकारले बुझायो ज्ञापन पत्र

मधेश प्रदेश सरकारले बुझायो ज्ञापन पत्र

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री सहित गठबन्धनका शीर्ष नेताहरूलाई विभिन्न माग राखि ज्ञापनपत्र बुझाएको छ । प्रदेश सरकारको स्थायी संरचना निर्माण तथा प्रहरी समायोजनको विषयमा गठबन्धनका शीर्ष नेताहरू ध्यानर्कषणका लागि ज्ञापनपत्र बुझाएको हो ।

प्रदेशको नामाकरण तथा राजधानी घोषणा भइसकेको भन्दै अस्थायी रूपमा प्रदेश सरकारलाई दिएको संरचनालाई स्थायी रूपमा हस्तान्तरण गरिदिनका लागि ज्ञापनपत्र बुझाएको मधेश प्रदेका मुख्यमन्त्री राउतले बताउनुभयो ।उहाँका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ज्ञापनपत्र दिईएको छ ।

प्रदेशको सरकारी संरचना रहेको जनकपुर चुरोट कारखाना (मधेश भवन) र प्रदेशसभा लगायतका जग्गाहरू प्रदेश सरकारको नाउँमा हस्तान्तरण गर्न ज्ञापनपत्र मार्फत अनुरोध गरीएको उहाँले बताउनुभयो । भौतिक संरचना निर्माणको लागि सम्भाव्यताको अध्ययन गर्न गठन गरीएको समितिको सिफारिसका आधारमा संघीय सरकारसँग माग गरीएको मधेस प्रदेश सरकारले जनाएको छ । जग्गा प्राप्ती संगै स्थायी भौतिक संरचनाका लागि चाहिने आर्थिक श्रोतको व्यवस्थापन गर्न संघीय सरकारसँग माग गरीएको ज्ञापनपत्रमा उल्लेख छ ।

यस्तै मुख्यमन्त्री राउतले नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसूची ६ मा प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको एकल अधिकार सुचीभित्र रहेकाले आगामी निर्वाचन अघि नै प्रहरी समायोजन गरिदिन अनुरोध पनि गरेको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार