अमेरिकामा गर्भपतन वैध हुने ५० वर्षअघिको आदेश उल्टियो

अमेरिकामा गर्भपतन वैध हुने ५० वर्षअघिको आदेश उल्टियो

एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन वैध हुने ५० वर्षअघिको आदेशलाई उल्टाएको छ । यो आदेशसँगै अमेरिकामा महिलाले गर्भपतनसम्बन्धी कानुनी अधिकार गुमाएका छन् । अब त्यहाँ गर्भपतन गर्नु गैरकानुनी हुनेछ । तर आदेशले राज्यहरुलाई गर्भपतन गैरकानुनी मान्ने वा त्यसलाई अनुमति दिने विकल्प भने दिएको बीबीसीले उल्लेख गरेको छ ।

अदालतको पछिल्लो निर्णयबाट सन् १९७३ मा वैध बनाइएको गर्भपतनसम्बन्धी अधिकारको विरोध गर्दै आएका दक्षिणपन्थी तथा धार्मिक अभियानकर्मीको माग सम्बोधन भएको छ । ‘रो विरुद्ध वेड’ मुद्दामा गर्भपतनलाई संवैधानिक अधिकारको मान्यता दिएको विगतको फैसला अवैध भएको सर्वोच्च अदालतको निर्णयमा उल्लेख छ । सर्वोच्च अदालतमा यो निर्णयको पक्षमा ६ र विपक्षमा ३ न्यायाधीश रहेका थिए । यो विषयलाई लिएर रिपब्लिकन र डेमाक्रेटिक पार्टीहरुको विचार फरक–फरक थियो ।

सन् १९८० सम्म यो मुद्दा त्यहाँको एक प्रमुख राजनीतिक विषय बनेको थियो । तर कानुनी रुपमा भने यो विषयले अहिले नयाँ आकार लिएको छ । फैसला आएपछि रिपब्लिकनहरुले खुसी मनाएका छन् भने डेमोक्र्याटहरु निराश भएका छन् । अमेरिकी संविधानले गर्भपतनसम्बन्धी अधिकारलाई स्पष्ट उल्लेख गरेको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार