ए डिभिजन लिगमाा आर्मी दोश्रो, एनआरटी तेश्रो

ए डिभिजन लिगमाा आर्मी दोश्रो, एनआरटी तेश्रो

काठमाडौं । त्रिभुवन आर्मी क्लबले कतार एयरवेज सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा दोस्रो स्थान हासिल गरेको छ । 
आफ्नो अन्तिम लिग खेलमा शनिबार मनाङ मर्स्याङ्दी क्लबसँग १–१ गोलको बराबरी खेलेपछि आर्मीले दोस्रो स्थान हासिल गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा सुरुआती अग्रता भने मनाङले बनाएको थियो । खेलको ४५ औं मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । तर, खेलको ७६ औं मिनेटमा मनाङका डिफेन्डर फ्रान्कलिन कुएटाले आत्मघाती गोल गरेपछि आर्मीले १–१ गोलको बराबरी गरेको हो । यस बराबरीसँगै आर्मीले १३ खेलमा २३ अंक जोड्यो । र, आर्मी लिगको उपविजेता बन्यो । न्युरोड टिम एनआरटीसँग अंक बराबरी  भएपनि हेड टु हेडमा आर्मी अघि रहेको हो । लिगमा अपराजित रहेको आर्मीले यस सिजन ५ जित र ८ बराबरी खेल्यो । मनाङले १३ खेलमा २१ अंक जोड्यो । मनाङले पाँचौं स्थानमा रहदै लिगको अन्त्य गरेको छ ।  मनाङले ६ जित ३ बराबरी र ४ हार व्यहोर्यो ।


त्यस्तै न्युरोड टिम एनआरटीले लिगको आफ्नो अन्तिम खेलमा जित निकालेको छ । शनिबार भएको खेलमा एनआरटीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले हराएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक गोलको अग्रता उल्टाएर एनआरटीले जित निकालेको हो । एनआरटीलाई जित दिलाउन मेसुके ओलोमोउले ह्याट्रिक गोल गरे । खेलको १२ औं मिनेटमा एनआरटीका डिफेन्डर शिव गुरुङले आत्मघाती गोल गरेपछि पुलिसले अग्रता बनाएको हो । तर, खेलको ४७ औं मिनेटमा मेसुकेले गोल गर्दै एनआरटीलाई १–१ को बराबरीमा ल्याए । खेलको ६२ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २–१ को अग्रता दिलाए ।  त्यसपछि खेलको ८३ औं मिनेटमा मेसुकेले ह्याट्रिक पूरा गर्दै एनआरटीलाई ३–१ को जित दिलाए ।  यस जितसँगै एनआरटीले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको छ । एनआरटीले १३ खेलमा २३ अंक जोड्यो ।   पुलिसले १३ खेल १२ अंक जोड्यो । पुलिस ११ औं स्थान रह्यो ।
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार