इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९६ औं जन्मोत्सव मनाइयो

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९६ औं जन्मोत्सव मनाइयो

नेपालगंज । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९६ औं जन्मोत्सव अर्थात् मोहम्मद डे का अवसरमा नेपालगन्जमा मंगलबार बृहत र्याली निकालिएको छ । 
उक्त पर्वका अवसरमा मुस्लिम समुदायले र्याली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन छ ।

मोहम्मद डे का अवसरमा स्थानीय फैजुनब्बी जामा मस्जिदबाट सुरु भएको बृहत र्याली वडा प्रहरी कार्यालय रोड, एमपी स्कुल, त्रिभुवन चोक, विपी चोक, घरबारीटोल हुदै पुनः गौसिया मस्जिदमा पुगेर समापन भएको थियो । र्याली सुरु हुनुअघि जामा मस्जिद क्षेत्रमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्र हमाल, पुर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, लुम्बिनी प्रदेशका सांसद मोहम्मद याकुव अन्सारी लगायतले शुभकामना आदान प्रदान गरेका थिए । 

मोहम्मद डे लाई ईद मिलादुननबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ । नेपाली मुस्लिम समुदायले यस पर्वलाई मोहम्मद जयन्ती भनेर पनि मनाउने धार्मिक अगुवा बताउँछन् । मोहम्मद डे का अवसरमा मुस्लिम समुदायहरु गरिब तथा विपन्न, असक्त, अनाथलाई दान दिने, घर–आँगन सरसफाई गर्ने, घरमा इस्लामिक झण्डा फहराउने, दिप–प्रज्वलन गर्ने लगायत क्रियाकलाप गर्छन् । मोहम्मद डे का अवसरमा सरकारले मंगलबार मुस्मील समुदायलाई सावर्जनिक विदा समेत दिएको छ । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार